१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

उच्च हिमाली क्षेत्रमा हिउँपर्न थाल्यो, जननीवन कष्टकार बन्दै

हिमपात संगै बढेको चिसोले हुम्ला सहित उच्च हिमाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।
बिहीबार बिहानै देखि जिल्लाको सिमकोट सहित बिभिन्न हिमाली क्षेत्रमा पानी संगै परेको हिमपातले त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको स्थानीयबासीले बताएका छन् ।
उच्च हिमाली जिल्लाका रुपमा परिचित हुम्ला लागाएत आसपासका क्षेत्रमा हिउँदयाम शुरु भएसँगै तापक्रम माइनसमा झर्ने गर्दछ ।
हिमपातका कारण कर्मचारी, बिद्यार्थी तथा जिल्ला बाहिर आवत जावत गर्ने यात्रुलाई अप्ठेको परेको स्थानीबासीले बताएका छन् ।
मिहपात संगै बढेको अत्यधिक चिसोले स्वासप्रश्वाका बिरामी तथा जेष्ठ नागरिकलाई बिशेष अफ्ठेरो पर्ने भएकाले सतर्क रहन स्वास्थ्यकर्मीले सुझाएका छन् ।
त्यस क्षेत्रका स्थानीयले बिपन्न बर्गका परिवार तथा रोगीहरुकालागि बाक्ला कपडा तथा आगो ताप्ने व्यवस्थाकालागि पहल गरिदिन स्थानीय प्रसाशन संग अनुरोध समेत गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*