१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

छुट्टै पहिचाहनकालागि बाह्रपन्थी नाथयोगी संघ नेपालले समाबेशी आयोग संग छलफल गर्यो

बाह्रपन्थी नाथयोगी संघ नेपालका पदाधिकारी र राष्ट्रिय समाबेशी आयोगका पदाधिकारी बीच छलफल भएको छ ।
आयोगको कार्यालय पुलचोकमा सोमबार भएको छलफलमा नाथयोगी संप्रदायलाई एउटा छुट्टै पहिचाहन र अधिकार सहित आयोगमा सूचिकरण गर्नु पर्ने बिषयमा क्षलफल भएको छ । छलफलमा बाह्रपन्थी नाथयोगीका तर्फवाट यस संप्रदाय शैव संप्रदायको एउटा दर्शन र गोरखनाथ परम्परा संग गाँसिएकोले पनि यो संप्रदायलाई बिशेष तरिकाले सम्वोधन गरिनुपर्ने माग उठाईएको थियो ।
यस संप्रदायको ईतिहास नेपाल राष्ट्र निर्माण संग जोडिएकोले पनि यस संप्रदायको मागलाई सम्वोधन गरि आयोगमा सूचिकृत गर्नु पर्ने आवाज उठाईएको संघका अध्यक्ष प्रा.डा.करविर नाथ योगीले बताए ।
शान्ति सेवा आश्रम गोरख सेवा संघका चिन्तामणी योगीले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा नेपाल शिक्षण परिषदका डा. बासुदेव शास्त्री, आयोगका सदस्य मानप्रसाद खत्री, बिश्व हिन्दु महासंघका उपसभापति शंकर खराल, पुष्पराज पुरुष, डा. नमन उपाध्याय, भुवन नाथ, बाह्रपन्थी नाथयोगी संघका सचिव गंगालाल योगी लगाएतको उपस्थिती थियो ।
कार्यक्रममा आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले खस आर्य थर सूचिकरणका सम्वन्धमा अध्ययन भइरहेको र त्यसलाई कसरी समेट्ने भन्ने बिषयमा क्षलफल जारी रहेको जानकारी दिए ।
आयोगले थर सूचिकरण गर्ने कार्यक्रमा छुटेका सवै थरहरु सूचिकरणका लागि पठाउन पालिकाहरुलाई जानकारी गराउने कार्यक्रम रहेकोले सवै सरोकार वालाहरुले आ–आफ्नो पालिकामा समन्वय गर्न समेत आग्रह गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*