१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

संखुवासभामा भएको हत्याको आरोपित सार्वजनिक

संखुवासभामा भएको हत्याको आरोपमा प्रकाउ परेका एक जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
मादी १ उम्लिङका एकै परिवारका ६ जनाको हत्या गरेको भन्दै पक्राउ परेका स्थानीय लोकबहादर कार्कीलाई संखुवासभा प्रहरीले आईतवार (आज) सार्वजनिक गरेको हो ।
सनिबार पक्राउ परेका हत्यारा कार्की मृतक तेजबहादुर कार्कीको भतिज नाता पर्ने खुलेको प्रहरीले बताएको छ ।
गएको सोमबार संखुवा सभाको उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना काकी, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*