राष्ट्रिय सभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
गत जेठ ६ मा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी देवकोटालाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ ग्रहण गराएका हुन् ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सहयोग गरेका थिए ।
देवकोटा नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले ओलि निकट रहेका रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रिय सभा सदस्य विजयी भएका थिए ।
राष्ट्रिय सभा उपनिर्वाचनमा विजयी देवकोटाले स्वतन्त्र उमेदर बनेका थिए ।
न्यूज समय
१४ जेष्ठ, २०७८, शुक्रबार ००:००