१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

१२औं राष्ट्रिय जनगणना हाललाई स्थगित

१२औं राष्ट्रिय जनगणनाको सम्पुर्ण कार्यक्रम हाललाई स्थगित गरिएको छ ।
कोभिड–१९ को कारण भएको लकडाउनको प्रभावले राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले हाललाई जनगणनाको सम्पुर्ण कार्यक्रम स्थगित गरेको हो ।
जनगणनाका सुपरिवेक्षक तथा कर्मचारीले वैशाख १६ गतेबाट घरपरिवारको लगत लिने काम थाल्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।
त्यसका लागि केन्द्रीय तथ्यांक विभागले गत चैतमा ८ हजार सुपरिवेक्षक छनोट गरी देशव्यापी तालिम दिईसकेको छ ।
विभागको निर्धारित तालिका अनुसार गणना सुरु गर्ने भनिए पनि मुलुलका बिभिन्न स्थानमा निषेधाज्ञा तथा आंशिक लकडाउन सुरु भए पछि गणना कार्य थालनि गर्न अप्ठेरो परेको हो ।
लकडाउनमा गणना गर्न अफ्ठेरो पर्ने भएपछि योजना आयोगले स्थगित गर्नका निम्ति मन्त्रिपरिषदमा सिफारिस गरेको आयोगका जनगणना हेर्ने सदस्य रामकुमार फुयाँलले बताए ।
योजना आयोग सचिवालय अन्तर्गत केन्द्रीय तथ्यांक विभागले हरेक दस वर्षमा जगणना गर्दै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*