१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

संसद पुनःस्थापना पछि पनि कम्युनिष्टहरुको आन्दोलन कायमै

संसदीय व्यवस्थाका विरुद्ध आन्दोलन घोषणा गरेको चार राजनीतिक दल सम्मिलित रणनीतिक मोर्चाले शुक्रबार धनगढीमा जनसभा गर्ने भएको छ । संसदीय व्यवस्थाको विकल्प खोज्न भन्दै आन्दोलन थालेको मोर्चाले देशका मुख्य शहरमा जनसभा गर्ने निर्णय गरेको थियो ।

मोर्चामा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी सहभागी छन् । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासहितको मोर्चाले शान्तिपूर्ण संघर्षलाई प्राथमिकतामा राखेको बताएको छ ।

माघ २९ गते संयुक्त रणनैतिक मोर्चा घोषणा गरेका उनीहरुले शुक्रबार धनगढीमा जनसभा आयोजना गरेका हुन् । त्यस्तै १८ गते इटहरीमा जनसभा गर्ने मोर्चाले बताएको छ ।

‘दलाल पूँजीवादी संसदिय व्यवस्थाको अन्त्य गरौं, वैज्ञानिक समाजवाद जनगणतन्त्रको स्थापना गरौ भन्ने मूल नाराका साथ् जनसभा आयोजना गर्न लागेको मोर्चाले जनाएको छ । संसदीय व्यवस्थाको अन्त्य नगरी मुलुकका समस्या समाधान नहुने भन्दै मोर्चाले जनतालाई संघर्षमा आउन अपिल पनि गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*