१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

संसद विघटनको मुद्दामा सरकारी पक्षको बहस आज सकिने

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्दैछन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा भोलिसम्ममा बहस सक्न समय दिएपनि भोलि सोनाम ल्होसारको सार्वजनिक बिदा परेकाले आजै बहस सक्न लागिएको हो ।

बहस गर्ने समय नपाउने भएपछि हिजो प्रधानमन्त्री ओलीको पक्षबाट इजलासमा पुगेका दर्जन बढी कानुन व्यवसायीले इजलासमा आफ्नो नाम टिपाएका थिए ।

यसअघि प्रतिनिधिसभा विघटनविरुद्धका १३ वटा रिट निवेदकका पक्षबाट ७२ जना कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए ।

सरकारी पक्षको बहस गत माघ १९ गतेदेखि सुरु भएको थियो । सरकारी पक्षको बहस सकिएपछि सभामुख अग्नी सापकोटाका कानुन व्यावसायीको बहस बााँकी छ ।

त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहसपछि पाँच वरिष्ठ अधिवक्ता रहेको एमिकस क्युरीले आफ्नो राय राख्नेछ ।

फागुन पहिलो साताभित्र बहस सक्ने र फैसला लेखनमा केही दिन लाग्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*