१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

नेपालमा भ्रष्टाचार झन् बढ्यो, विश्व सूचकांकको ११७ औँ स्थानमा


नेपालमा भ्रष्टाचार झन् बढेको छ। भ्रष्टचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३३ अंकसहित ११७ औं स्थानमा उक्लिएको हो। ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन इन्डेक्स–२०२०’ अनुसार नेपाल भ्रष्टाचारमा ३३ अंकसहित ११७औँ स्थानमा पुगेको हो। यसअघि सन् २०१९ को प्रतिवेदनमा नेपाल ३४ अंकसहित ११३ औं स्थानमा थियो।

१ सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्टाचार नियन्त्रणका लागि एकदमै न्यूनस्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ। यस्तै, नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ।

राजनीति, न्यायमा पहुँच, वित्तीय अनुशासनसहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सूचकांक तयार पारिने जननाइको छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ।

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको पहिलो श्रेणीमा डेनमार्क र न्युजिल्यान्ड छन्। ती देशले ८८ अंक पाएका छन्। त्यस्तै, सबैभन्दा बढी भ्रष्टाचार हुनेमा साउथ सुडान र सोमालिया छन्। उसले ९ अंक पाएको छ।

दक्षिण एसियामा भने सबैभन्दा कम भुटान र बढी भ्रष्टाचार अफगानिस्तानमा हुने देखाएको छ। सन् २०२० को सूचकांकमा दक्षिण एशियाली मुलुकहरू मध्ये भुटान ६७ अंकसहित २४ औं स्थानमा रहेको छ।

सार्क राष्ट्रमध्ये भारत ८६ औं, श्रीलंका ३८ औं स्थानमा र माल्दिभ्स ४३ औं स्थानमा रहेका छन्। १२४ औं स्थानमा पाकिस्तान रहेको छ भने बंगलादेश १४६ औं स्थानमा छ। ‍अफनिस्तानले जम्मा १९ अंक प्राप्त गरेको छ र १४७ औं स्थानमा रहेको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*