प्रदेश नम्बर २ को सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ।
बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ। मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ।
बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ। यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने छ।
न्यूज समय
५ माघ, २०७७, सोमबार ००:००