१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

सांसद विडारीद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने सूचना दर्ता


राष्ट्रिय सभाका सांसद रामनारायण विडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा सूचना दर्ता गराएका छन् ।

उक्त अध्यादेश पहिला पनि जारी भई फिर्ता भएको र छ महिनामा बोलाउनु पर्ने संसद अधिवेशन छल्न अध्यादेश जारी गरिएको भन्दै बिडारीले अध्यादेश अस्वीकार गर्ने प्रस्ताव आइतबार दर्ता गराएका हुन् ।


सांसद विडारीले संविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकको उच्चपदस्थ पदाधिकारीहरू रहने व्यवस्था र तिनीहरूबाट महत्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति–पदाधिकारीबारे निर्णय गर्ने अवस्थामा तात्विक असर पर्ने गरी संविधानको उक्त धाराको उद्देश्यमा नै प्रहार हुने भएकाले राष्ट्रिय सभा नियमावलीको नियम ८९ बमोजिम अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस गरेको उल्लेख गरेका छन् ।

सो अध्यादेश राष्ट्रिय सभामा शुक्रबार पेश गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*