१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

मुक्तिनाथ मन्दिर पुस २१ गते मंगलबारदेखि खुला गरिने


मुस्ताङमा रहेको हिन्दू र बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर पुस २१ गते मंगलबारदेखि खुला गरिने भएको छ। कोरोनाका कारण नौ महिनादेखि बन्द रहेको मन्दिर खुला गर्ने निर्णय भएको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिए।

विष्णु सहस्रनाम ग्रन्थका अनुसार मुक्तिनाथ भगवान विष्णुका हजारवटा नाममध्येको एउटा नाम हो। भगवान विष्णुलाई दामोदर पनि भनिन्छ। नेपालका चारधाममध्ये मुक्तिनाथ धाम पर्यटकीय क्षेत्रमा पर्ने भएकाले पनि यसको महत्त्व विशेष रहेको स्थानीयको भनाइ रहेको छ।

यहाँ हिन्दू र बौद्ध धर्मावलम्वीहरूका साथै अन्य सम्प्रदायका व्यक्तिहरू पनि विभिन्न देशहरूबाट आउने गरेका छन्। मुक्तिनाथ र गुम्बामा हिन्दूका ब्राह्मण पुजारी र बौद्धका झुमाले आआफ्नै परम्पराअनुसार पूजा तथा रेखदेख गर्ने चलन रहेको छ

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*