१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

जितेन्द्र देवको प्रश्न : संविधानले प्रधानमन्त्रीको कि संसदको सर्वोच्चता स्वीकारेको हो ?


नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले नेपालको संविधानले संसदको सर्वोच्चता भनेको हो कि प्रधानमन्त्रीको सर्वोच्चता भनेको हो छलफल हुन आवश्यक भएको बताएका छन् । आजबाट सुरु भएको राष्ट्रियसभाको अधिवेशनलाई नेपाली कांग्रेसका तर्फबाट शुभकामना दिर्दै नेपालको संविधानले कँहि कतै प्रधानमन्त्रीको सर्वोच्चता नभनेको बताएका छन् ।

उनले संविधानले संसदको सर्वोच्चता भनेको बताए । उनले कुनै एउटा पार्टीको समस्या मुलुक र संसदको समस्या हुन नसक्ने बताए । उनले भने–‘पार्टीको समस्या पार्टीमा मिलाउने हो । पार्टीमा कुरा मिलेन भने अर्को नेता चयन गर्ने हो । तर पार्टीमा देखिएको मतान्तरको बन्धक मुलुक र संसदलाई बनाउन पाइदैन् ।’

उनले प्रधानमन्त्रीले संविधानले नदिएको अधिकार प्रयोग गरेर राष्ट्रपति र प्रधानमन्त्रीले नाङ्गै महाराजको नयाँ लुगा भन्ने अंग्रेजी कथा जस्तै भएको बताए । उनले भने–‘महाराजलाई आफ्ना प्रशंसकहरुले महाराजलाई आहा महाराज क्या राम्रो लुगा आहा क्या राम्रो लुगा भन्दै वजार घुमाउदा बच्चले महाराज किन नाङ्गै हिडेको भनेपछि मात्र जानकारी पाएका थिए । अहिले प्रधानमन्त्री र राष्ट्रपति आफ्ना प्रशंशक राखेर मैले ६४ प्रतिशत बहुमत भएका हैसियतमा संसद विघटन गरेर नाङ्गै महाराज बजार घुमे झै घुम्दैछन् ।’

उनले राष्ट्रपति कार्यालयबाट असान्दर्भीक धारा प्रयोग गरेर संसद भंग गर्ने विज्ञप्ती आएको पनि बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*