१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

पछिल्लो २४ घण्टामा ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ जनाको पीसीआर परीक्षणमा १ सय ५३ जना महिला र २ सय ७३ जना पुरुषमा संक्रमण देखिएको हो ।

यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ भने क्वारेन्टाइनमा ३ सय ६७ जना छन् ।

पछिल्लो २४ घण्टामा ७ सय ४८ जना डिस्चार्ज भएसँगै अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु हुँदा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६४ पुगेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*