१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

विद्या भण्डारी मेरै क्षेत्रको हो आउन मसंग चुनाव लड्न : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्या भण्डारीलाई राजनीति गर्न मन लागेको भए आफुसंग चुनाव लडन आउन चुनौती दिएका छन् । नेता थापाले नयाँ बानेश्वमा अयोजित संसद विघटनको विरोधमा आयोजित विरोधसभामा बोल्दै भने–‘राष्ट्रपति विद्या भण्डारीको काठमाडौं क्षेत्र नम्बर ४ नै निर्वाचन क्षेत्र हो । साँच्चै राजनीति गर्ने अझै रहर हो । आउनुस मसंगै चुनाव लड्न । षड्यन्त्रको राजनीति नगर्नुस् ।’

उनले संसद पुर्नस्थापनाको लडाईमा नेपाली कांग्रेस लागेको भन्दै सवैलाई साथ दिन आग्रह गरे । उनले जनमतको अपमान गर्ने प्रधानमन्त्री र प्रधानमन्त्रीलाई साथ दिने राष्ट्रपतिका विरुद्धमा आफुहरुको संघर्ष भएको नेता थापाले बताए ।

उनले मुलुकमा गणतन्त्रमाथि खतरा राजावादीबाट नभई राष्ट्रपति र जनताले निर्वाचित गरेको प्रधानमन्त्रीबाट भएको समेत बताए । उनले कम्युनिष्ट पार्टीलाई नेपाली जनतले दिएको जनमतको अपमान केपी ओलीसंगै ओली जस्तो सन्काह प्रधानमन्त्रीलाई तह लगाउन नसकेर प्रचण्ड र माधव नेपालले पनि गरेको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*