१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

संसद् विघटनको प्रस्तावविरुद्ध देशभर प्रदर्शन सुरु


प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको प्रस्तावविरुद्ध देशभर प्रदर्शन सुरु भएको छ । असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्‍न पाइँदैन, जनप्रतिनिधिमूलक संस्था विघटन गरसहितका नारा लगाउँदै प्रदर्शनकारीहरु सडकमा निस्किएका हुन् ।

अधिकांश सत्तारुद्ध दलहरु नै सडकमा झन्डासहित निस्किएका छन् । राजधानी काठमाडौंसहित पोखरा चितवजनसहितका ठाउँमा सरकारी कदमविरुद्ध विरोध प्रदर्शन सुरु भएको हो ।

काठमाडौंको माइतीघरमा पनि नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको कदम जनआन्दोलन र निर्वाचनमा नागरिकले दिएको ‘म्याडेट’ र संविधानको भावनाविपरीत रहेको प्रदर्शनकारीको भनाइ छ

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*