१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

देशी बिदेशी शक्तिले मुलुकलाई अस्थीरतातर्फ ढकेल्न खोजे: प्रवक्ता गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशी बिदेशी शक्तिले मुलुकलाई अस्थीरतातर्फ ढकेल्न खोज्ने प्रयत्न गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मुलुकको स्थीर सरकार परिवर्तन गर्दे देशी बिदेशी शक्तिले मुलुकलाई अस्थीरतातर्फ ढकेल्न खोजेको आरोप लगाएका हुन् ।

उनले सत्तापक्षभित्रै प्रतिपक्षी जन्मिएर राजनीतिभित्रको संक्रमणमा चलखेल गर्न खोजेको तर्क पनि गरे ।

मुलुककोे बिकासमा लागेको सरकारलाई असफल बनाउन सत्तापक्षभित्रै समूह निर्माण गर्ने कार्य हुनुले आशंका उब्जिएको उनको भनाई छ ।

उनले मुलुकको समृद्धि र बिकासका लाथि सक्षापक्ष, बिपक्ष लगाएत सवै शक्ति एक हुनुपर्ने बताए ।

उनले समाजमा रहेका भ्रमलाई चिर्न सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा पनि राखे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*