१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

विवेकशील र साझा पार्टीका बीचमा फेरि आज एकिकरण

विवेकशील नेपाली दल र साझा पार्टीले आज फेरि एकिकरण गर्ने भएका छन् । यो भन्दा पहिला एकीकरण गरेको १७ महिनामा दुवै दल अलग अलग भएका थिए । एकीकरणपछि पार्टीको नाम विवेकशील साझा प्रस्ताव गरिएको छ ।

नयाँ पार्टीमा महाधिवेशन नहुन्जेल मूल नेतृत्वमा साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे संयोजकको जिम्मेवारीमा रहनेछन् । कार्यकारी अधिकार दुवैलाई हुनेछ ।

वरीयतामा भने मिश्र पहिलो र पाण्डे दोस्रो हुने प्रस्ताव गरिएको छ । एकीकरणपछि दुवै पार्टीका ६५–६५ जना रहने गरी १ सय ३० सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । केन्द्रीय सचिवालय दुवै पार्टीबाट १३ १३ जना रही २६ जनाको हुने प्रस्ताव छ ।

चुनाव चिह्न र झन्डा तराजु हुनेछ । यसअघि यो चिह्न साझा पार्टीले प्रयोग गर्दै आएको थियो । नीतिगत र व्यावहारिक मतभेद रहेको भन्दै विवेकशील पार्टीका उपाध्यक्ष अजिता राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने बताएका छन् । ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*