१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

पार्टीको स्थायी समितिमा नगएका प्रधानमन्त्रीले किन बोलाए सर्वदलिय बैठक ?

सत्तारुढ नेकपा भित्र सत्ता सघर्ष बढ्दै जाँदा प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो ।

देशभर राजावादीहरुले प्रदर्शन गरिरहेकाबेला प्रधानमन्त्रीले गणतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन प्रयत्न गरेका हुन् । त्यसबाहेक आफ्नै दलको आन्तरिक राजनीतिक, कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारलगायतका विषयमा छलफल हुने भट्टराईले बताए ।

भारतले लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि गत वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए ।

कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*