१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

बुटवलमा गोली चल्यो, एक घाइते दुई पक्राउ

बुटवलमा रहेको एक होटलमा गोली चल्दा एकजना घाइते भएका छन्। बुटवल उपमहानगरपालिका–७ मा रहेको कलश होटलमा गैंडाको खागसहित मानिस बसेको थाहा पाएर प्रहरी त्यहाँ पुगेपछि गोली चलेको हो ।

विशेष सुराकीको आधारमा होटलमा बसेका तस्कर समूहलाई पक्राउ गर्न पुगेको प्रहरीकै हतियार खोसेर गोली हान्दा एकजना घाइते भएको स्रोतको दाबी छ। तस्कर र प्रहरीबीच घम्साघम्सी भएपछि तस्करको समूहले हतियार खोसेर प्रहरीलाई गोली हानेका थिए ।

गोली लागेर सोहि काठमाडौं महानगरपालिका ठेगाना भएका राकेश न्यौपानेलाई गोली लागेको हो । चिउँडोमा गोली लागेका उनलाई उपचार गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको छ ।

प्रहरीले होटेलबाट लेकबेंसी नगरपालिका सुर्खेतका भक्तबहादुर थापा र जाजरकोट बारेकोट गाउँपालिका ७ का कर्णबहादुर राउतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । चारजना मध्येका एक विरेन्द्रबहादुर सिंह भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*