१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

गुल्मीमा भएको जिप दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत

गुल्मी । गुल्मीको इम्मामा भएको जिप दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाए अनुसार सनाखत हुनेहरुमा इश्मा ४ का ३३ बर्षीय शिव दर्लामी, ३० बर्षीय वशन्त दर्लामी, ६५ बर्षीय डम्बर हितान, ३३ बर्षीय धनबहादुर अछामी, १९ बर्षीय फर्सुराम थापा र मालिका गाँउपालिका ५ की ८० बर्षीय सुन्दरी थापा रहेका छन् ।
दुर्घटनामा परि घाइते हुनेहरुमा जिपका सहचालक कमल हितान र इश्माकै २८ बर्षे सरस्वती दर्लामी रहेको प्रहरीले जनाएको छ । ९ जना सवार जिपमा चालक बुद्ध बस्नेत भने सकुसल रहेका छन ।
शुक्रबार बिहान इस्माबाट जिल्ला सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप इस्मा ४ को दोहोली हुल भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
त्यहाँको दोहोली हुलमा घुम्ती मोड्ने क्रममा जिप भिरबाट झण्डै ४ सय मिटर तल खसेको स्थानीयले बताएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*