१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

उपत्यकामा निषेधाज्ञा खुकुलो, त्रासका माझ स्थानिय बासी केहि खुसी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो गरिएको छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न गृहमन्त्रालय संग सम्मन्वय गरेका थिए । गृह संगको समन्वय लगतैको छलफल पछि प्रमुख जिल्ला अधिकारीहरु मोडालिटी परिर्वत सहितको निषेधाज्ञा लागु गर्ने निस्कर्षमा पुगेका हुन ।
जारी परिर्वतन सहितको मोडालिटी बुधवार राति १२ बजे देखि भाद्र ३१ गते राति १२ बजे सम्म लागुहुने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारि आदेशमा उल्लेख छ ।
जिल्ला प्रशासनले जारी गरेको नयाँ मोडालिटी अनुसार १६ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी, ट्याक्सीको हकमा ३ जना तथा एउटै परिवारका ५ जनालाई राखि चलाउन पाईने छ ।
निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य सामानका पसलहरु निश्चित समय तोकेर सञ्चालन गर्ने दिने, निजी कार्यालय, उद्योग एवं कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने दिईने छ ।
मन्दिर, चर्च, मस्जित जस्ता दैनिक नित्य पूजा बाहेक मानिसको बढी चहलपहल हुने स्थान जथाभावी भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन दिईने छैन ।
होटेल, रेष्टुरेन्ट, कलकारखाना र व्यवसयायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन ।
भदौ २ गते देखि जारी निशेधाज्ञा परिस्थीतिलाई मध्यनजर गर्दै प्रशासनले समयावधी थप्दै आएको छ । उपत्यकाका केहि स्थानमा व्यापारी तथा सर्वसाधारणले निषेधाज्ञा प्रति तिव्र बिरोध तथा प्रतिकार समेतको संभावनालाई मध्यनजर गर्दै प्रशासन यस्तो निर्णयमा पुगेको हो ।
यो निर्णयले स्थानिय व्यावसायी तथा निम्न स्तरका दैनिक जिवन निर्वाह गर्ने मानिसहरुलाई थोरै भए पनि राहत महसुस हुने देखिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*