काठमाडौ ।   नेपाली बजारमा दिन प्रतिदिन पंहेलो धातु सुनको मुल्य आकासिदो छ । 
 विश्व बजारमा सुनको मूल्य  बढे् त्यसको असर नेपाली बजार प्रत्यक्ष रुपमा पर्दछ । जसले गर्दा नेपाली बजारमा केहि समय यता सुनको मुल्य लगातार बढ्दै आएको छ ।
 विश्व बजारमा शक्तिशाली राष्ट्र बीचको तनावको प्रभावका कारण सुनको भाउ बढे्को बताईन्छ । अमेरिका, इरान, भारत, उत्तरकोरिया लागएतका केहि देशहरु बीचको बिग्रदो सम्बन्धले विश्व आर्थिक बजारमा तरंक उत्पन्न भएको छ ।
 त्यस्तै अमेरिका र चीनबीच बेला बेलामा हुने व्यापारीक मतभेदले पनि विश्व बजारमा त्यसको प्रत्यक्ष असर परेको हो । भने पछिल्लो समय चिनको बुहानबाट फैलिएको कोरोना भाईरसका कारण पनि व्यापारीक सम्वन्ध र आसपासका देशहरुमा उत्पन्न त्रासले पनि सुनको भउ बढेको  र त्यसको असर नेपालमा पनि देखिएको हो ।
 पछिल्लो समय नेपालमा आइतबार मात्र सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाली बजारमा छापावाला सुन ७८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 शुक्रबार मात्र प्रतितोला ७८ हजार १ सय मा कारोबार भएको सुन आइतबार मात्रै एकै दिनमा ७ सयले बढेको हो । यो अहिले सम्मकै उच्च रेर्कड हो ।
 त्यसैगरी, तेजाबी सुनको मूल्य ७८ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भैरहेको  महासंघले जनाएको छ  । 
 अन्तराष्ट्रिय बजारमा लगातार सुनको मुल्य बढनुले नेपालमा पनि अझै  मुल्य बढ्न सक्ने कतिपय व्यापारीको आँकलन छ । 
 केहिदिन यता नेपालमा सुन चाँदिको ब्यापारिक प्रमुख स्थान न्यूरोडमा कारोवार अत्यधिक कम रहेको व्यापारीहरुले बताएका छन् ।  बिगतका दिनको तुलनामा सुन चाँदिको खरिद बिक्रि ओरालो लाग्नुमा लागातार सुनको भाउ बढेकै कारण रहेको व्यापारीहरुको भनाई छ ।

 
					
न्यूज समय
११ फाल्गुन, २०७६, आईतबार ००:००