१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

ललिता निवास प्रकरणको मुद्दा बारे सर्वोच्चले माग्यो अख्तियारसँग जवाफ

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाईएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग संग सर्बोच्च अदालतले लिखित कारण माग गरेको छ ।
मुद्दा चलाउनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ मागेको हो ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले मुद्दाको गाम्भीर्यता हेर्दा छिटो निर्णय गर्नु पर्ने भएकाले रिटलाई अग्राधिकार दिन पनि भनेको छ ।
खख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री विजयकुमार गच्छदार सहित १ यस ७५ जना बिरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।
तात्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधब कुमार नेपाललाई मुद्दा नचलाउनु र गच्छदार लगायत अन्यलाई मात्र मुद्दा दायर गर्नु राजनीतिक प्रतिशोध भएको भन्दै सरकारको आलोचना भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*