काठमाडौं ।  उखु किसानको मर्कालाई मध्यनजर गर्दै सरकाले चिनि मिललाई कारवाहीको प्रकृया थालेको छ । 
 पछिल्लो समय चिनि मिलले लामो समय सम्म उखु किसानको बक्यौता फर्च्यौट नगरेको भन्दै किसानहरु धर्ना तथा आन्दोलनमा उत्रिय पछि समस्या समाधानकालागि सरकारले चिनि मिललाई कारवाहिको प्रकृया थालेको हो ।
 तोकेको समयमा उखु किसानलाई बक्यौता रकम न दिएको भन्दै  केहि  चिनी मिलको खाता रोक्का गर्न सरकारले नेपाल राष्ट्र बैंकलाई परिपत्र गरेको छ । 
 उखु किसानलाई भुक्तानी दिन अटेर गरेका अन्नपूर्ण , लुम्बिनी लगायत केहि  चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराई बताए ।
 भट्टराईका अनुसार उखु किसानको बक्यौता रकम भुक्तानी नगर्दासम्म ती दुवै मिलको सम्पूर्ण आर्थिक कारोबार रोकिने छ । 
 साथै यि मिलको राजस्व सम्बन्धी अनुसन्धान समेत गरिने भएको बताईएको छ ।

 
					
न्यूज समय
८ माघ, २०७६, बुधबार ००:००