१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

प्रचण्ड बने नेकपाको कार्यकारी अध्यक्ष, ओलि पाँचै बर्ष सम्म प्रधानमन्त्री रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्षको जिम्मेवारी पुष्पकमल दाहाल प्रचन्डको काँधमा गएको छ ।
बुधबार बसेको नेकपाको बैठकले अव देखि कार्यकारी अध्यक्षको भुमिका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकको आजको निर्णय अनुसार अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति गरेको पार्टीका प्रवक्ता श्रेष्ठले बताए ।
बैठकले नयाँ कार्यविभाजन अनुसार दुई अध्यक्षको वरियता भने समान हुने र आपसी समझदारीका आधारमा पार्टीको र सरकारको महत्वपुर्ण निर्णय लिईने समेत निर्णय भएको छ ।
निर्णय अनुसार पाँच बर्ष सम्म सरकारको नेतृत्व ओलीलेनै गर्ने छन्, भने कार्यकारी अधिकार सहित अध्यक्षको भुमिका दाहाल रहने छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*