१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

बुझायो मेलमिलाप आयोगले सरकारलाई प्रतिवेदन

११, बैशाख, काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप आयोगले हालसम्म गरेका कामहरूको विवरणसहितका आफ्नो प्रतिवेदन बुधबार (आज) सरकार समक्ष बुझाएको छ ।
आयोगका निमित्त सचिव गोपीचन्द्र भट्टराई नेतृत्वको कर्मचारीहरुको टोलिले आयोगले द्वन्द्वकालीन न्याय निरुपण सम्बन्धीे प्रतिवेदन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो ।
सत्य निरुपण तथा मेलमिलापका लागि परेका उजुरीहरूको विवरण सहितको प्रतिवेदन आयोगमा पदाधिकारी नभएकाले निमित्त सचिव भट्राईको नेतृत्वको टोलिले सरकारलाई बुझाएको हो ।
आयोगको प्रतिवेदन बुझ्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आयोगको काम कार्वाहीलाई प्रभावकारी बनाउन आयोगका कार्मचारिलाई निर्देशन दिएका थिए । मन्त्री ढकालले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कागजपत्रहरु सुरक्षित र व्यवस्थित तरिकाले राख्न समेत निर्देशन दिएका छन् ।
सरकारले पूर्वप्रधानन्यायधिश ओमप्रकाश मिश्रको संयोजकत्वमा आयोगको पदाधिकारी नियुक्तीकालागि सिफारिस गर्न समिति गठन गरेको छ । आयोगको पदाधिकारीहरुको कार्यकाल गएको चैत्रमा सकिए पछि मिश्रको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*