१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

सिएनएन सुपरहिरोको ‘पुतलीको घर’ सार्वजनिक

२२, चैत्र, काठमाडौं । सिएनएन हिरो पुष्पा बस्नेतको जीवनीमा आधारीत पुस्तक ’पुतलीको घर’ शुक्रबार (आज) लोकार्पण गरिएको छ ।
बस्नेतले जीवनमा भोगेका आरोह अब्रोहलाई समेटर तयार पारिएको पुस्तक एक कार्यक्रमका बिच पत्रकार एवं लेखक बिजय कुमार पाण्डेले लोकार्पण गरे । पुस्तक सार्वजनिक गर्दै पाण्डेले कारागारभित्र रहेका बालबालिकाको उद्धार गरी उनीहरुको सफल जीवनका लागि पुष्पाले उदाहरणीय कर्म गरेको बताए ।
पत्रकार तथा लेखक घनश्याम खड्काले पुष्पा बस्नेतको जीवनीलाई पुस्तक मार्फत एउटा रुप दिई प्रकाशनमा ल्याएका हुन् । अल्केमी पब्लिकेशनले प्रकाशनमा ल्याएको पुस्तकमा अभिभावकको गल्तीका कारण अनायासै जेल जीवन बिताउन बाध्य बालबालिकालाई उद्धार गरी उनीहरुको शैक्षिक जिवनका लागि आफूलाई समर्पित गरेकी समाजसेवी पुष्पा बस्नेतको जीवनीमा आधारित पुस्तक ‘पुतलीको घर’ सार्वजनिक गरिएको हो ।
पुस्तकमा ‘सिएनएन हिरो’ र ‘सिएनएन सुपरहिरो’को उपाधि विजेता पुष्पाको जीवनका आरोहअवरोहलाई मौलिकरुपमा प्रस्तुत गरिएको छ । उक्त पुस्तकको बिक्रीबाट आउने रोयल्टी पुतलीघरका बालबालिकाको पढाइमा खर्च गरिने बताइएको छ ।
पुस्तकको मूल्य रु ४५० रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*