१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

मन्त्रीपरिषदको बोल्ड निर्णय : अब अत्यावश्यक सेवामा हडताल गर्न नपाईने

२१, चैत्र, काठमाडौं । मन्त्री परिषदको बैठकले सार्बजनिक हितका आबश्यक सेवामा अब देखि हडताल गर्न निषेध गर्ने निर्णय गरेको छ ।
गत चैत्र १४ गते बसेको मन्त्रीपरिषदको बैठकले सार्बजनिक सेवामा गरिएका हडतालले आम सर्बसाधारणको सेवामा नकारात्मक असर परेको भन्दै हडताल गर्न निषेधित गर्ने सूचनालाई राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको एक बिज्ञप्ती मार्फत जनाएको छ ।
नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री गोकुल प्रसाद बास्कोटाका अनुसार औषधी, अस्पताल, एम्वुलेन्स, फोहोर मैला, हवाई तथा स्थल लागएतका सार्बजनिक सेवामा हडताल गरेर आम सर्वसाधारण नागरिकलाई अफ्ठेरो पार्न नपाईने बताए ।
मन्त्री बास्कोटाद्वारा हस्ताक्षरित जारी बिज्ञप्तीमा सवारी साधनहरुको सडक उपभोग दस्तुरमा बृद्धि गरि उपयुक्त बामेजिमको सडक उपभोग दस्तुर सम्वन्धि सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको समेत जनाईएको छ ।
त्यस्तै मन्त्रीपरिषदले नौबिसे स्थीत यूनाईटेड सिमेन्ट प्रा.लि.को कारखाना सम्म जाने आउने औद्योगिक पहुँच मार्ग सडक निर्माण तथा सञ्चालनकालागि धादिङ जिल्लाको धुनिबेसी नगरपालिका ९ मा रहेको पोखरी डाँडा सामुदायिक बनको ०.१७ हेक्टर राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न स्वीकृृति दिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*