१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

श्रमिक पठाउने समझदारीमा नेपाल र जापानबीच हस्ताक्षर

११, चैत, काठमाडौँ । नेपाली कामदारलाई जापानमा रोजागारीमा लैजाने बिषयमा नेपाल र जापान सरकारबीच समझदारी भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा नेपाली श्रमिक जापान पठाउने सम्बन्धी समझदारी पत्रमा सोमबार (आज) हरुताक्षर भएको हो । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम मन्त्रालयका निमित्त सचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिसी साइगोले हस्ताक्षर गरे । हस्तारक्षरसँगै नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउने बाटो खुलेकोे छ ।
गत जनवरीमा जापानले आफ्नो श्रम बजारमा अपुग श्रमशक्ति नेपाललगायत विभिन्न नौ देशबाट भित्र्याउने निर्णय गरेको थियो ।
त्यस अवसरमा श्रममन्त्री विष्टले नेपाली कामदार लैजाने सम्बन्धी समझदारीले नेपाल र जापानबीचको सम्बन्धलाई थप मजबुद र समृद्ध बनाउने विश्वास व्यक्त गरे । साथै मन्त्री बिष्टले समझदारीलाई छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली युवा कुनै झमेलामा नपरी आकर्षक गन्तव्य जान सकून् भन्ने उद्देश्यले दुई देशबीच समझदारी गरिएको मन्त्री बिष्टको भनाई थियो । सरकारले सीपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने योजना अघि सारेको जानकारी दिँदै मन्त्री विष्टले जापानको श्रम बजारमा माग गर्ने दक्ष जनशक्ति उपलब्ध गराउन नेपाल सरकारको ध्यान केन्द्रित हुने बताए ।
कार्यक्रममा नेपालका लागि जापानी राजदूत साइगोले यस समझदारीले नेपाली श्रमिकलाई जापानी नागरिक सरह सेवा सुविधा सुनिश्चित गर्ने बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*