१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

महायज्ञबाट सङ्कलीत रु १० करोड अस्पताल निर्माणमा लगाईने

१०, चैत्र, सोलुखुम्बु । सोलुखुम्बुको विकट गाउँ मुक्लिमा सुविधासम्पन्न सामुदायिक अस्पताल निर्माण हुने भएको छ । अस्पताल निर्माणका लागि आयोजित श्रीमतभागवतज्ञान महायज्ञमाबाट रु १० करोड भन्दाबढी रकम सङ्कलन भएको छ । महायज्ञमा रु १० करोड ७७ लाख ४२ हजार ६५८ सङ्कलन भएको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । कतिपय दाताले नगद तथा चेक प्रदान गरेका छन् भने धेरैले तोकिएबमोजिमको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
चैत २ देखि ९ सम्म सञ्चालित महायज्ञमाबाट थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा अस्पताल निर्माण गरिने छ । महायज्ञमा रु ९३ लाख खर्च भएको समेत गाउँपालिका अध्यक्ष राईले बताए ।
आफ्नो ठाउँमा अस्पताल निर्माण हुन थालेको भन्दै त्यस क्षेत्रका स्थानिय बासिन्दा महायज्ञमा उत्साहजनक सहभागिता जनाएको महायज्ञ मूलआयोजक समितिका कोषाअध्यक्ष बलराम गुरुङले जानकारी दिए । महायज्ञमा पण्डित दिनबन्दु पोखरेलले कथावाचन गरेका थिए ।
यसै बिच सोलुखुम्बुबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले महायज्ञले सामाजिक सद्भाव वृद्धि गरेको बताएका छन् । अस्पताल निर्माण पछि सोलुखुम्बुका बासीन्दालाई फाईदा पुग्ने र समयमा उपचार गर्न पाउने भन्दै सयमा आफ्नो भरपुर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
यस अघि यहि चैत २ गते संघिय सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेकोे अस्पताल निर्माणका लागि करीब २३ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ ।
एक अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्रसहित अन्य दुई दर्जन बढी स्वास्थ्य केन्द्र रहेको त्यस ठाँउका बासिन्दा जटिल प्रकृतिको रोगको उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*