१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

त्रिशुलीमा ट्रक खस्दा एकको मृत्यु, चार घाइते

५, चैत, मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट मंगलबार (आज) बिहान ट्रक त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको छ, भने चार जना घाईते भएका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक बिहान करिव ७ बजे पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
मृतक तथा घाईतेको परिचय खुल्न सकेको छैन । घाइतेमध्ये दुई महिला रहेका छन् । उनिहरुलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*