१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

बर्तमान सरकार अधिनायकबाद तर्फ : देउबा


२१, फाल्गुन, काठमाडौं । नेपाली काँग्रेसका सभापती तथा पूर्ब प्रधानमन्त्री शेरबहादुर देउबाले बर्तमान सरकार अधिनायकबाद तर्फ जान थालेको टिप्पनी गरेका छन् । नेपाल ट्रेड यूनियन काँग्रेसको ७३औं स्थापनन दिवसको अवसरमा मंगलबार (आज) आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउबाले सञ्चार माध्ययम तथा सामाजिक सञ्जाल नियन्त्रण गर्न खोज्नु अधिनायकबादको संकेत रहेको बताए । बर्तमान कम्यूनिष्ट सरकारका यस्ता गतिबिधीले प्रजातन्त्र र यसबाट प्राप्त उपलव्धी खतरामा रहेको बताए ।
नेपाली काँग्रेसमा गुट तथा उपगुट हुनु राम्रो नभएको भन्दै सभापती देउबाले यसलाई नियन्त्रण गर्न र पार्टीलाई सुदृढीकरण गर्न सबैले सघाउनु पर्ने बताए ।

नेपाली काँग्रेसका महामन्त्री ससांक कोइरालाले पार्टी भित्र रहेको गुट उपगुटले पार्टीलाई बेफाईदा पुरयाईरहेकाले यसलाई हटाउनु पर्नेमा जोड दिए । गुट उपगुटले नेपाली काँग्रेस पछि परेको भन्दै सभापती देउबाबाट नै यसको अन्त्यको सुरुवात गर्नुपर्ने धारणा राखे ।


नेपाली काँग्रेसका नेता तथा पूर्ब उपप्रधानमन्त्री प्रकाश मान सिंहले स्वर्गीय गिरिजा प्रसाद कोईरालाई स्मरण गर्दै उहाँले पुरयाएको श्रमिक एकताको प्रसंसा गरे । श्रमिक एकता राज्यको प्रमुख र बलियो शक्ति भएको भन्दै यसलाई मजबुद बनाउन सवैको दाईत्व भएको बताए । कार्यक्रममा साँस्कृतिक संघका कालाकारले नृत्य तथा बिभिन्न कला प्रस्तुत गरेका थिए ।

यसै बिच नेपाल ट्रेड यूनियन काँग्रेसको ७३औं स्थापना दिबसको अवसर पारेर मंगलबार (आजै) नेपाल ट्रेड यूनियन काँग्रेस काठमाडौं जिल्ला शाखाले रक्तदान कार्यक्रमको आयोजना गरयो । ट्रेड यूनियन काँग्रेसको कार्यालय प्राङ्गनमा अनामनगरमा आयोजित रक्तदान कार्यक्रममा सैयौं नेता तथा श्रमिकले रक्तदान गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*