१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

घरले थिचिएर ज्यान गयो ।

२३ माघ, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटे भन्ने स्थानमा घर भत्कांदा स्थानीय एक वृद्धको ज्यान गएको छ । अर्का एक घाईते भएका छन ।
मृत्यु हुनेमा ८५ बर्षिय कप्तान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जाएको छ । घरले थिचिएर घाईतेहुनेमा मृतकका ५२ बर्षिय छोरा शुक्रबहादुर रहेको प्रहरीले जनाएको छ । उनको अहिले स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
२०७२ साल वैशाखको विनाशकारी भूकम्पले चर्किएर कमजोर भएको कच्ची घरमा बस्दै आएका वृद्धको सोही घर भत्किदा थिचिएर ज्यान गएको वतााईएको छ । परिवारका अन्य सदस्य नजिकैको अस्थायी टहरामा बस्दै आएकाले बाँच्न सफल भएका छन् ।
मृतक तामाङ भने छोरा शुक्रबहादुर सहित चर्किएको घरमा बस्दै आएका स्थानीयले वाताएका छन् । उनको शव अस्पतालमा पोष्टमार्टम गरिएको छ । घटना स्थल सदरमुकाम विदुरदेखि झण्डै २० किलोमिटर दक्षिणमा पर्दछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*