२ जेष्ठ २०८१, बुधबार  |  15 May 2024,Wednesday
Ad

समाजवादी मोर्चाको जमघट आज विराटनगरमा

तीन सत्तासिन र सत्ता बाहिरको एकसहित चार पार्टी सम्मिलित समाजवादी मोर्चाले कोशी प्रदेशस्तरी सन्देश सभा सोमबार विराटनगरमा गर्ने भएको छ ।

सभामा सत्तारुढ दलहरु नेकपा९माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा विप्लव समूहका शीर्ष नेताले सभामा सम्बोधन गर्नेछन् ।

सभालाई भाग लिन प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव र नेत्रविक्रम चन्दले विराटनगर आउने कार्यक्रम छ । शीर्ष नेताले मोर्चाको अवाश्यकता र समाजवादी कार्यदिशाबारे नेता कार्यकार्यकर्तालाई आवश्वस्त पार्ने छन् ।

दिउँसो हुने प्रदेशस्तरीय सन्देश सभामा सहभागिताका लागि कार्यकर्ताको ठूलो संख्या विराटनगर बोलाइएको छ । संभवतः यही भेलाले प्रदेशस्तरीय समाजवादी मोर्चा पनि गठन गर्ने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*