गहृमन्त्री रमेश लेखकले सिराहामा यौन दुव्र्यवहारमा परेर मंगलबार ज्यान गुमाएकी युवतीको घटनाबारे छानविन गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका छन् ।
चार महिनाअघि यौन दुव्र्यवहारमा परेकीबर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा भेटिए पछि गृहमन्त्री लेखकले घटनाबारे छानविन गर्न आईजीपी थापालाई निर्देशन दिएका हुन् ।
पुस ९ मा बरियारपट्टि गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेको बेला आनन्दीदेवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास भएको थियो ।
त्यस लगतै पिडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर प्रहरीले जबर्जस्ती करणी उद्योग मुद्दामा जाहेरी दर्ता आलटाल गरेको आरोप लाग्दै आएको छ ।
पुस १० मा मेडिकल गरेपनि प्रहरीले जाहेरी दर्ता ढिला गरेको र अहिलेसम्म पनि आरोपी पक्राउ नपरेको बताईएको छ ।
न्यूज समय
३ बैशाख, २०८२, बुधबार ००:००