ढल्केबर सव स्टेनमा आगलागी हुँदा तिन जिल्लाको विद्युत आपूर्ति प्रभावित

न्यूज समय

धनुषाको ढल्केबर स्थीत नेपाल विद्युत् प्राधिकरणको सब स्टेसन ग्रिड पट्कीएर आगलागी भएको छ ।

बुधबार विहान भएको आगलागीबा धनुषा, महोत्तरी र सर्लाही जिल्लाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित बनेको छ ।

नेपाल विद्युत् प्राधिकरण मदेश प्रदेशका प्रमुख शम्भुकुसियैत यादवले ढल्केबर ग्रिडको सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी बताएका छन् ।

प्रमुख यादवले १३२ केभी लाइन सबै स्थानमा सञ्चालनमा आइसकेको र ३३ केभी लाइन भने अवरोध भएको बताए ।
उनका अनुसार आगलागीका कारण पार्टपुर्जा जलेर क्षति पुगेको र अहिले मर्मत कार्य भईरहेको जानकारी दिए ।

तराईमा गर्मी मौसममा अत्यधिक लोडका कारण यस्ता समस्या देखापर्न उनको भनाई छ ।