त्रि.वि.का सेवाहरु अव अनलाईबाट लिन सकिने

न्यूज समय

त्रिभुवन विश्वविद्यालयले आफ्ना सेवाहरु अनलाईनबाट दिन सुरु गरेको छ । लामो समयको प्रयास पछि त्रि.वि.बाट दिईने सेवाहरु अनलाई मार्फत दिन सुरु गरिएको त्रि.वि. परिक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना मार्फत जनाएको छ ।

कार्यालयद्वारा जारी सूचना अनुसार नयाँ बर्षको अवसर परेर मंगलबार (आज) देखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइन मार्फत प्रदान गर्ने भएको हो ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरूको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न यस्तो गरिएको सूचनामा उल्लेख छ ।

कार्यालयले गत वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरिएकोमा प्राविधिक कारणले त्यसलाई निरन्तरता दिन नसके पनि आजबाट उक्त सेवालाई निरन्तरता दिइएको कार्यालयको भनाई छ ।

आज २०८१ सालको वैशाख २ गते ११ः०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन भएको र अन्य सेवाहरु पनि आउँदो जेठ २ गते देखि सञ्चालन हुने पनि सूचनामा उल्लेख छ ।