अवरुद्ध नारायणघाट–बुटवल सडक खुलाउने प्रयास जारी

न्यूज समय

नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । बिहिबार विहान देखि परेको पानीका कारण सडक हिलो र चिप्लो भएकाले सडक अवरुद्ध भएको हो ।

बुधबार देखि चैत ३१ गतेसम्म उक्त सडक खण्डमा गाडी रोकेर विस्तारको काम भइरहेको समयमा पानी परे पछि खनिएको माटो हिलाम्मे र चिप्लो भएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
हिलो पन्छाउने र अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

लामो समय देखि निर्माणधिन राजमार्ग निर्माण कार्य ढिला भएका कारण पूर्व पश्चिम हिडेका यात्रुहरुले केही बर्ष यता सास्ती भौग्दै आएका छन् ।