नेपाली समाजको सेवामा समर्पित गैर आवासिय नेपाली संघ एनआरएनए क्यानाडाकी महासचिव चन्द्रा अधिकारीलाई ऐतिहासिक सफलता हात परेको छ । उनलाई किङ चाल्र्स थर्ड कोरोनेशन ( King Charles III Coronation Medal) बाट सम्मानित भएकी छन् । उनी यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली महिला बनेर नेपाली समुदायको शिर उचोँ बनाएकी छन् । क्यानाडा सरकारले सामाजिक सेवामा उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई यो पदक प्रदान गर्ने गर्दछ ।
अधिकारीले कोभिड–१९ महामारीको कठिन समयमा नेपाली विद्यार्थीहरूका लागि राहत वितरण, आपतकालीन सहयोग, सामाजिक हिंसाविरुद्धको अभियान तथा बिपद् व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । जसले गर्दा नेपाली समुदायकाबीच समस्या परेको बेला चन्द्रा अधिकारी साथमा हुन्छिन भन्ने गहिरो विश्वास नेपाली समुदायमा परेको छ । सानै उमेरदेखि सामाजिक काम गर्दै आएकी अधिकारी दुर्घटनाग्रस्त नेपालीहरूको उद्धार, समुदायमा कानुनी सहायता, मानसिक स्वास्थ्य जागरण, तथा असहायलाई सहयोग गर्दै आएकी छन् । उनको नेतृत्वमा धेरै नेपालीले क्यानडामा न्याय र सहयोग पाएका छन्। जसका कारणले जहाँ नेपाली, त्यहाँ चन्द्रा अधिकारी भन्ने भावना क्यानाडामा बस्ने नेपालीहरूमा रहेको छ ।
उक्त सम्मान प्राप्त गरेपछि अधिकारीले यो पदक सिंगो नेपाली समुदायको सेवामा समर्पित भएर पाएको बताइन् । उनले भनिन् –‘मैले यो पदक आफ्नो लागि होइन, सिंगो नेपाली समुदायको सेवामा समर्पित भएर पाएकी हुँ। यो सम्मान सम्पूर्ण नेपाली समुदायकै हो। मलाई अझ ठूलो जिम्मेवारी बोध भएको छ।सम्मान सम्पूर्ण नेपाली समुदायकै हो। मलाई अझ ठूलो जिम्मेवारी बोध भएको छ।’ अधिकारीको सफलता सामाजिक सेवामा लाग्ने नयाँ पुस्ताका लागि प्रेरणा बन्ने क्यानडामा बस्ने नेपालीहरुको विश्वास रहेको छ ।

न्यूज समय
२३ फाल्गुन, २०८१, शुक्रबार ००:००