दक्षिणकाली नगरपालिका ४ हात्तिवनमा लागेका डढेलो अझै नियन्त्रणमा आएन

न्यूज समय

काठमाडौँको दक्षिणकाली नगरपालिका स्थीत हात्तिवन क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् ।

बुधबार बेलुका देखि नगरपालिकाको वडा न.४ क्षेत्रमा लागेको आगो निभाउन इलाका प्रहरी कार्यालय फर्पिङ, नगरप्रहरी तथा स्थानियबासी निरन्तर खटिईरहेका छन् ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासी हिजै देखि खटे पनि आगो नियन्त्रण बाहिर गएको स्थानीय बासीले बताएका छन् ।

मलकालागि खेतबारीमा रहेका सेउला तथा घुर्यान जलाउँदा आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ ।
आगोले बस्ती तथा मानविय क्षति नगरे पनि बस्तीमा पस्न सक्ने भन्दै सर्तकताका साथ निभाउने कार्यमा सहयोग गर्न सवैलाई आग्रह गरिएको छ ।