डिभी खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पकाे तयारी

न्यूज समय

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी लट्री खारेज गर्ने तयारी गरेका छन् । ​रिपब्लिकन सांसदले डिभी खारेजीका लागि संसद्‍मा विधेयक पेश गरेका छन्। जर्जियाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका सांसद माइक कोलिन्सले डिभी लट्री खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश गरेका हुन्।

यसको अन्य सांसदले पनि समर्थन गरेको फक्स न्यूज जनाएको छ। सांसदहरूले ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत् आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने काम भइरहेको उल्लेख गरेका छन्।

योग्यतामा आधारित प्रक्रियाबाट आप्रवासी छनोट गर्नुपर्नेमामा सांसदहरूको जोड छ। विधेयक पेश गर्नुको उद्देश्य भिसा लट्री अन्त्य गर्नु र लट्री विजेताहरूले परिवारका सदस्यहरूलाई प्राथमिकतायुक्त ग्रीन कार्डको लागि तुरुन्तै प्रायोजन गर्ने क्षमतालाई हटाउनु हो।