भैरहवा । भुषाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको विशाल सिमेन्टको सेयर बिक्री गरेको छ । सन् २०१० मा स्थापना भएको विशाल सिमेन्टको सेयर नेपाली कांग्रेसका नेता एवं व्यवसायी प्रमोद यादवले किनेका छन् ।
रुपन्देहीको भैरहवा क्षेत्रमा घर बनाउने ब्लक र चारतारे होटल बोधी सञ्चालन गर्दै आएका व्यवसायी यादवले २०७४ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएका थिए ।
भुषाल ग्रुपले ०७७ सालमा विशाल सिमेन्ट किनेको थियो । अपेक्षाअनुसारको व्यापार गर्न नसकेपछि चार वर्षमै सिमेन्टको सम्पूर्ण स्वामित्व बिक्री गरेको हो ।
न्यूज समय
२२ माघ, २०८१, मंगलबार ००:००