बेलायती राजकुमार एडवार्ड नेपाल आइपुगे, राष्ट्रपति पौडेललाई ४ वजे भेट्दै

न्यूज समय


काठमाडौँ । बेलायती राजकुमार एडवार्ड नेपाल आइपुगेका छन् । आजै बिहान उनकी श्रीमती राजकुमारी सोफिया नेपाल आएकी थिइन् । राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।

राजकुमार दिल्लीबाट र राजकुमारी लन्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत भएको बताइएको छ ।

राजकुमार एडवार्डले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको छ । विमानस्थलबाट सोझै लैनचौरस्थित बेलायती दूतावास पुगेका राजकुमार ४ वजे राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास जाने कार्यक्रम रहेको छ ।