काठमाडौं । अमेरिकाको वाशिङटन डिसीमा अमेरिकी एयरलाइन्सको एक विमान र हेलिकप्टरसंग ठोक्किएर दुर्घटना भएको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएर नजिकैको नदीमाथि विष्फोट भएको सार्वजानिक भएको एक भिडियोमा देखिन्छ ।
दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ । ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए । विमान र हेलिकप्टरमा सवार यात्रुको अवस्था थाहा हुन सकेको छैन । नजिकैको नदीमा खोजी भइरहेको छ । ६० यात्रु र चालकदलका चार सदस्य जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट उडेको थियो ।
वाशिङटन डिसीको रोनल्ड रेगन विमानस्थलको धावनमार्ग ३३ मा अवतरण गर्ने तयारीका क्रममा हेलिकप्टरसँग आकाशमा ठोक्किएको र पोटोम्याक नदीमा खसेको अमेरिकाको संघीय नागरिक उड्डयन निकाय एफएएले जनाएको छ ।
न्यूज समय
१७ माघ, २०८१, बिहीबार ००:००