काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा गएराति भागदौड मच्चिदा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते भएका छन् ।
बिबिसीका अनुसार बुधवार बिहान करिब १ः३० बजे भएको भागदौडमा धेरैभएको र कैयौँ घाइते भएका छन् गएराति भागदौड मच्चिदा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते मानिसहरू हताहत आशङ्का गरिएको छ ।
मौनी अमावस्याका अवसरमा अमृतस्नान हुन लागेका बेला उक्त घटना भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो।
प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारहरूसँग कुरा गर्दै केही ठाउँमा भिडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोधहरू तोडफोड भएको खबर आएकाले भागदौड निम्तिएको तर अवस्था गम्भीर नरहेको बताइन्। घाइतेहरूको उपचार भइरहेको उनले बताइन्।
न्यूज समय
१६ माघ, २०८१, बुधबार ००:००