काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी ३ नेपालीको मृत्यु भएको छ। लखनऊबाट मुम्बई जाँदै गरेको रेल महाराष्ट्रको जलगाउँमा पुग्दा आगलागी भएको हल्ला फैलिएपछि दुर्घटना भएको हो।
आगो लागेको हल्लापछि रेलबाट हाम फालेका ५० जनाभन्दा बढीलाई अर्को दिशाबाट आएको रेलले ठक्कर दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमा ३ नेपालीसहित १२ जनाको मृत्यु भएको छ ।
मृत्य हुनेमध्ये नेपालका नन्दाराम विश्वकर्मा, लछिराम पासी र नवीन भण्डारीको नाम खुलेको छ । उनीहरुको ठेगाना खुलिसकेको छैन।
न्यूज समय
१० माघ, २०८१, बिहीबार ००:००