काठमाडौ । डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपतिमा शपथ लिएसंगै मेक्सीकोको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन्।
सपथ ग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सीमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताए । उनले सबै गैर कानुनी प्रवेश बन्द गरेर लाखौं कागजपत्रविहीनलाई देशनिकाला गर्ने घोषणा गरे ।
ट्रम्पले व्यापार, ऊर्जा लगायतका क्षेत्रमा ठूला परिवर्तन आउने जानकारी उद्घोष गरे। पानामा नहरमा अमेरिकाको आधिपत्य कायम गर्ने, अमेरिकी उपभोक्ताले भोगिरहेको उच्च मूल्यवृद्धि कम गर्ने लगायतका योजना उनले सुरुमा प्रस्तुत गरे
न्यूज समय
८ माघ, २०८१, मंगलबार ००:००