काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज शपथ लिँदैछन्। शपथ ग्रहणअघि ठूलो संख्यामा जम्मा भएर उनका समर्थकहरूले विजयी जुलुस निकालेका छन्। विजयी जुलुसमा ट्रम्प पनि सरिक भएका छन्।
विजयी र्याली गरिरहेका हजारौं समर्थकहरु माझ ट्रम्पले पदपहालीको पहिलो दिन नै धेरै कार्यकारी आदेशहरुमा हस्तक्षर गर्ने योजना रहेको बताएका छन् ।
ट्रम्पको शपथ ग्रहण अमेरिकी संसद भवन ‘क्यापिटल’ मा हुनेछ। उनको भव्य शपथ ग्रहणका लागि सबै तयारी पूरा भइसकेको छ। वासिङ्टन डिसीमा नयाँ राष्ट्रपतिको पदपहालीका लागि भव्य तयारी गरिएको छ । यो समारोहमा संसारभरका नेताहरु सहभागी हुनेछन् ।
राष्ट्रपतिको शपथ लिएलगत्तै उनले केही महत्त्वपूर्ण निर्णय लिने भनेका छन्। ट्रम्पले दोस्रोपटक कार्यभार सम्हाल्दै गर्दा सीमासँग सम्बन्धित, आप्रवासी, आर्थिक र जलवायु परिवर्तनसँग सम्बन्धित एक सय भन्दा बढी कार्यकारी आदेश जारी गर्ने बताइएको छ।
न्यूज समय
७ माघ, २०८१, सोमबार ००:००