नाइजेरियामा पेट्रोल ट्यांकर विष्फोटमा परि कम्तिमा ७० जनाको मृत्यु

न्यूज समय

काठमाडौं । नाइजेरियाको मध्य भागमा पर्ने डिक्को जङ्क्शनमा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ।

इजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स एफआरएससीका प्रमुख कुमार सुक्वामेका अनुसार अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ ।

सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको बताए।

गम्भीर आर्थिक सङ्कटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ।