भारतकाे छत्तिसगढमा प्रहरी र माओवादीबीच भिडन्त, १० माओवादी मारिए

न्यूज समय

काठमाडौ । भारतको छत्तीसगढको माओवादी प्रभावित विजापुरको पुजारी काङ्केर क्षेत्रमा बिहानैदेखि प्रहरी र माओवादीकाबीचमा भिडन्त भएको छ । सो भिडन्तमा प्रहरीले दशभन्दा बढी कथित माओवादी मारिएको दाबी गरेका छन् ।

मुठभेड अझै जारी रहेको र मारिने माओवादीको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीका अनुसार बिहीबार बिजापुर क्षेत्रमा माओवादीको उपस्थितिको खबर आएपछि बिजापुर, सुकमा र दन्तेवाडा जिल्लाका जिल्ला रिजर्व गार्ड र कोब्रा बटालियनहरूबाहेक केन्द्रीय रिजर्भ प्रहरीको बटालियनहरू अपरेसनका लागि गएका थिए ।